अफगानिस्तानमा आत्मघाती बम आक्रमण, १० जनाको मृत्यु

title
मङ्लबार, असार २६, २०७५

एजेन्सी । अफगानिस्तानमा भएको आत्मघाती बम आक्रमणमा कम्तीमा १० सर्वसाधारणको ज्यान गएको छ ।

दक्षिणपूर्वी अफगानिस्तानको जलालावाद शहरमा भएको आत्मघाती आक्रमणमा अरु दर्जनौं घाइते भएका छन् । आक्रमणकारीले शहरी क्षेत्रमा रहेको पेट्रोल स्टेशनमा आत्मघाती बम विष्फोट गराएका थिए ।

आक्रमणपछि पेट्रोल स्टेशनमा ठूलो आगलागी भएको थियो भने नजिकै रहेका कार तथा अन्य सवारीमा क्षति पुगेको छ । मारिनेमा कार मर्मत कार्यमा संलग्न बालबालिका समेत परेको जनाइएको छ ।

आक्रमणस्थलमा आतंकवादी संगठन इस्लामिक स्टेटको सक्रियता रहेको भएपनि आक्रमणको जिम्मा हालसम्म कुनै संगठनले पनि लिएको छैन ।