आज नीति तथा कार्यक्रम सार्वजनिक हुने

title
सोमवार, असार २५, २०७५

काठमाडाैं । नेपाल धितोपत्र बोर्डले आज सोमबार पूँजी बजार र कमोडोटिज बजारबारे आगामी आर्थिक बर्षको लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छ ।

नयाँ नीतिमा पूँजी बजारको नियमनमा थप कडाई र बजार विस्तारका कार्यक्रमहरु समेटिने बताइएको छ ।बोर्डले सार्वजनिक गर्ने नीति तथा कार्यक्रममा संगठित क्षेत्रको सुशासन संहिता, धितोपत्र बजार सञ्चालन नियमावली निमार्ण लगायतका बिषय समेट्ने भएको छ ।

सेयरबजारलाई ग्रामिण क्षेत्रमा विस्तार गर्न पूँजी बजारको क्षेत्र र दायरालाई विस्तार गर्ने नीति बोर्डले लिने बताइएको छ ।