काठमाडौंमा दक्षिण एशियाली आमन्त्रण तेक्वान्दो प्रतियोगिता हुने

title
बिहिबार, असार २८, २०७५

काठमाडौं । दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि काठमाडौंमा शुरु हुने भएको छ ।

प्रतियोगिता ३ दिन सम्म चल्ने आयोजक नेपाल आईटिएफ संघले आज पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।

प्रतियोगितामा नेपाल लगायत भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, चीन, तुर्किमिनिस्तान लगायतका मुलुकबाट खेलाडी तथा पदाधिकारीहरु अहिले काठमाडौ आइपुगिसकेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

प्रतियोगितामा जुनियर र सिनियर उमेर समूह र तौल समूहमा स्पाईरिङ, टिम स्पाईरिङ, एकल प्याट्रन, टिम प्याट्रन, सेल्फ डिफेन्समा प्रतिस्पर्धा हुने अन्तर्राष्ट्रिय आईटिएफ तेक्वान्दो संघका सदस्य समेत रहेका दक्षिण एशियाली आईटिएफ संघका अध्यक्ष राजेन्द्र बलामले पत्रकार सम्मेलनमा जानकारी गराउनु भयो ।

प्रतियोगितामा १ सय ५० स्वर्ण, १ सय ५० रजत र ३ सय काँस्य पदकका लागि ६ सय खेलाडीले प्रतिस्पर्धा गर्नेछन । असार ३१ गते सम्म हुने प्रतियोगिताको अनुमानित खर्च ४० लाख रुपैयाँ रहने आयोजकले जनाएको छ ।