क्वाटरफाईनल अन्तर्गत आज स्वीडेन र ईङ्ल्याड तथा रुस र क्रोएसिया भिड्दै

title
शनिबार, असार २३, २०७५

काठमाडौं । जारी विश्वकपमा गएरातीवाट सुरु भएको क्वाटरफाईनल खेल रोमाञ्चक मोडमा पुगेका छन् ।

गएराति भएको क्वाटरफाईनलका खेलवाट फ्रान्स र बेल्जियमले सेमिफाइनका लागि स्थान सुरक्षित गरिसकेका छन् फुटबलको महारथी राष्ट्र ब्राजील र उरुग्वेको यात्रा क्वाटरफाईनलमै टुंगिएको छ ।

यस्तैमा आजपनि क्वाटरफाईन अन्र्तगतका दुई खेल हुदैछन् । पहिलो खेलमा नेपाली समय अनुसार राति पौनै ८ बजे समारा एरिना रंगशालामा स्वीडेन र ईङ्ल्याड भिड्दैछन् ।

प्रि क्वार्टरफाइनलमा कोलम्बियालाई हराउँदै इग्ल्याण्डले अन्तिम ८ को स्थान बनाएको थियो भने स्वीडेनले स्वीट्जरल्याण्डलाई हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

इंग्ल्याण्डले विश्वकपको उपाधि १ पटक उचालेको छ । सन् १९६६ मा आफ्नै भूमिमा भएको विश्वकपको फाइनलमा इंग्ल्याण्डले जर्मनीलाई ४–२ गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको थियो । त्यसपछि अहिलेसम्म इंग्ल्याण्ड एक पटक मात्रै सेमिफाइनलमा पुगेको छ ।

त्यसैले सेमिफाइनसम्मको यात्रा तय गर्न आजको खेलमा ईङल्याण्ड हदैसम्मको सघर्ष गर्नेछ । यतासमुह एफ को विजेता का रुपमा अगाडी बढेको स्वीडेनले प्रि क्वाटरफाईनलमा स्वीट्जरल्याण्डलाई हराउदै क्वाटरफाईलसम्म पुगेको हो ।

रुस विश्वकपमा स्वीडेनले प्रर्दशन उत्कृष्ट प्रर्दशन गर्दै आएको छ । हालसम्म उपाधी बिहिन रहेको स्वीडेन पहिलो पटक विश्वकपको उपाधी भित्र्याउने दाउँमा छ । त्यस्तै आज हुने दोश्रो क्वाटरफाईनल खेलमा आयोजक रुस र क्रोएसिया आमनेसामने हुदैछन् ।

खेल नेपाली समय अनुसार मध्येराति पौनै १२ बजे फिस्ट रंगशालामा हुनेछ । जारी विश्वकपमा समूह ए उपविजेताका रुपमा अन्तिम १६ मा पुगेको आयोजक रसियाले दुई खेलमा जित र एक खेलमा पराजय व्यहोरेको थियो ।

सन् १९५८ देखि विश्व कपमा भाग लिइरहेको रुसले १९९० सम्म सोभियत संघको नामबाट विश्व कप खेलेको थियो । सन् १९६६ मा चौथो भएको बाहेक उत्कृष्ट प्रदर्शन गर्न नसकेको रुस अहिले क्वाटरफाईनसम्म पुगेको छ ।

त्यस्तै प्रि–क्वाटरफाईनलसम्मका सबैखेलमा खेलमा शतप्रतिशत नतिजा निकाल्दै क्रोएसियाले आफुलाई प्रतियोगितको बलियो दाबेदारका रूपमा उभ्याएको छ । समूह ‘डी’ मा विजेता बनेको क्रोएसियाले पहिलो खेलमा नाइजेरियालाई २–० तथा दोस्रो खेलमा अर्जेन्टिनालाई ३–० हराएको थियो ।

त्यस्तै तेस्रो खेलमा आइसल्यान्ड माथि २–१ को सहज जित हात पारेको थियो । त्यसतै प्रि क्वाटरफाईनलमा डेनमार्कलाई टाईब्रेकरमा ३–२ ले हराएको थियो । क्रोएसियाले सुरुवाती खेल देखि नै देखाएको यो लय कायमै राखे जुलाई १५ मा मस्कोमा हुने फाइनलको सम्भावित दाबेदार हो ।

यी चारै टोलीका लागि आजको खेल सेमिफाईनल प्रवेशका लागि महत्वपुर्ण हुनेछ ।