गुफामा फसेका १२ जनाको उद्धारकार्य सुरु

title
आइतवार, असार २४, २०७५

एजेन्सी । थाइल्याण्डको एउटा गुफाभित्र दुई हप्तादेखि फसेका १२ जना बालक तथा उनीहरूको फुटबल प्रशिक्षकलाई बाहिर निकाल्न उद्धार कार्य शुरू भएको छ ।

उद्धार अभियानका प्रमुख नोरोङ्साक ओसोथ्थानाकोले उद्धारकर्ताहरूको टोली थानीय समय अनुसार आज बिहान १० बजे गुफाभित्र प्रवेश गरेको जानकरी दिनुभयो । गुफाको प्रवेशद्वार खाली गराइएको छ भने त्यहाँ गोताखोरहरूको टोली, चिकित्सक तथा सुरक्षाकर्मी मात्रै छन्।

उद्धार कार्यमा १८ जना गोताखोर खटिएका छन् । मौसमको अवस्था हेरेर उद्धार गर्न चार दिनसम्म लाग्न सक्ने जनाएको छ । गुफाभित्र रहेकासम्म अक्सिजन ट्याङ्क पु¥याउने क्रममा शुक्रवार एक थाइ पूर्वनौसैनिकको ज्यान गएको थियो ।