छानबिनमा रहेका गैससमार्फत् सरकारी राहत

title
बुधबार, असार २७, २०७५

काठमाडौ – राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु आर्थिक अपचलनमा संलग्न रहेको निष्कर्षसहित छानबिन अघि बढाएको सरकारले प्रकोपपीडित नागरिकका लागि राहत वितरणको जिम्मा भने गैससलाई नै दिएको छ ।

स्थानीय प्रशासन मातहत सरकारी संयन्त्रले वितरण गर्नुपर्ने राहत सामग्री पीडितसम्म पुर्याउने अधिकार गृह मन्त्रालयले गैससलाई दिएको हो । आजको कारोबारमा खबर छ ।

राहत वितरणको जिम्मा पाएका गैससको विवरण भने सरकारले खुलाएको छैन ।

गृह मन्त्रालयले गत वर्षको प्रकोपका बेला संकलित राहत वितरणका लागि केही गैरसरकारी संस्थाहरुलाई जिम्मा दिएको जनाएको छ ।