डा. केसीका माग हुबहु सम्बोधन गर्ने माग गलत– देव गुरुङ

title
मङ्लबार, असार २६, २०७५

काठमाडौँ । नेकपाका प्रमुख सचेतक देव गुरुङले गोबिन्द केसीले उठाएका मागहरु हुबहु सम्बोधन गर्नु पर्छ भन्ने भनाई गलत भएको बताउनु भएको छ । आज भक्तपुरमा भएको उक कार्यक्रममा गुरुङले केही मागहरु जायज भए पनि केसीले भने जस्तै हुबहु सम्बोधन नहुने भन्दै त्यसलाई जनाताको सर्वोच्च निकाय संसदले सम्बोधन गर्ने बताउनु भयो ।

चिकित्सा बिधेक बारे जुम्लामा अनसनरत गोबिन्द केसीको स्वास्थ्य उपचार सरकारले काठमाडौं ल्याएर गर्न तत्पर रहेता पनि केसीले नै नमानेको र उहाँको स्वास्थ्यका बिषयमा सरकार पनि गम्भीर रहेको बताउनु भयो । जनताले बिरोध गर्ने अधिकार मौलिक हकमा रहे पनि बिरोध गर्ने निश्चित स्थान तोक्नु सरकारको अधिकारको बिषय भएको उहाँले बताउनु भयो ।

निश्चित स्थान तोक्दैमा सरकालाई अधिनायकवादी भनेर आरोप लगाउनु गलत भएको भन्दै लोकतन्त्र अनुसार नै सरकारले नियर्ण गरेको बताउनु भयो । त्यस्तै उपकुलपति कुलप्रसाद कोइरालाको भ्रमण सरकारको स्विकृति बिना नै भएको देखिएको र बिधिअनुरुप नभएकाले यस्तो अवस्था श्रृजना भएको उहाँले बताउनु भयो ।

उहाँले पेट्रोलिय पदार्थमा नेपालको पहुँच नहुनु र छिमेकी देशसँग आत्मनिर्भर हुनु पर्ने बाध्यता रहेकाले नेपालको बजारमा हुने मूल्य बृद्धि नियन्त्रण गर्न कठिनाई हुने बताउनु भयो ।