तेस्रो प्रधानमन्त्री कप विश्वविद्यालय स्तरीय खेलकुद प्रतियोगीता काठमाडौमा सुरु

title
बिहिबार, असार २१, २०७५

काठमाडौँ । तेस्रो प्रधानमन्त्री कप विश्वविद्यालय स्तरीय खेलकुद प्रतियोगीता आज देखि काठमाडौमा सुरु भएको छ ।

राष्ट्रिय खेलकुद परिषदको आयोजनामा भएको प्रतियोगिताको परिषदका सदस्यसचिव केशवकुमार विष्टले उद्घाटन गर्नुभयो ।

प्रतियोगितामा पुरुष/महिला भलिबल, ब्याडमिन्टन र टेबलटेनिस तथा बुद्धिचाल (खुला) गरी ४ विधामा प्रतिस्पर्धा हुने परिषद अन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागले जनाएको छ । भलिबलमा २, ब्याडमिन्टन र टेबलटेनिसमा ४÷४ तथा बुद्धिचालमा १ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

सदस्यसचिव बिष्टका अनुसार तीनदिने प्रतियोगितामा ८ विश्वविद्यालयबाट २ सय ५६ खेलाडी सहभागी छन् । बिष्टले बिश्वबिद्यालयमा अध्ययनरत बिद्यार्थीहरु पनि अन्तराष्ट्रिय स्तरमा खेल खेल्दै पदक ल्याउन सक्ने भएकाले प्रतियोगीताको आयोजना गरिएको बताउनुभयो ।

खेलकुद अन्तर्गत भलिबल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहल, ब्याडमिन्टन र बुद्धिचाल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय तथा टेबलटेनिस लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।

]प्रतियोगिता सञ्चालन गर्न करिब ३५ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।