त्रिशुली जलविद्युत् केन्द्रको उत्पादन गृहमा आगलागी

title
मङ्लबार, असार २६, २०७५

रामहरि न्यौपाने । नुवाकोट । त्रिशूली जलविद्युत केन्द्रको उत्पादन गृहको बसबारमा विद्युत गढबढ हुँदा आगलागी भएको छ ।

जलविद्युत गृहबाट उत्पादन भएको विद्युतलाई टान्सफर्मरसम्म पु¥याउन प्रयोग गरिने विद्युतीय तारमा जडान गरिएको बसबारमा आज अपरान्ह आगलागी भएको हो । आगलागीबाट बसबार पूर्ण रुपमा जलेर क्षति पुगेको छ भने अन्य स्थानमा समेत असर गरेकाले क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको उत्पादन गृहका प्रमुख तारादत्त भट्टले जानकारी दिनुभयो ।

आगो निभाउनको लागी उपकरण फायर एक्सटिन–गुईसर प्रयोग गरेपनि त्यो प्रयाप्त नभएपछि दमकलको सहयोगमा पानी प्रयोग गरेर निभाउदा विद्युतीय उपकरणहरुमा समेत थप क्षति पुगेको छ । आगालागीका कारण २१ मेगावाट क्षमताको त्रिशूली जलविद्युत केन्द्रको विद्युत उत्पादन बन्द भएको छ ।