थाइल्याण्डको गुफामा फसेका १३ जना सबैको उद्धार

title
मङ्लबार, असार २६, २०७५

एजेन्सी । थाइल्याण्डमा गत जुन २३ देखि गुफामा फँसेका सबैको उद्धार गरिएको छ । उत्तरी थाइल्याण्डको गुफामा फंसेका सबै १३ जनालाई गुफाबाट बाहिर निकालिएको थाई सेनाको नेभी सिल फौजले जनाएको छ ।

यसअघि आइतबार ४ किशोरको उद्धार गरिएको थियो । वाइल्ड बोअर्स नामक फुटबल क्लबका खेलाडी तथा प्रशिक्षक गरी १३ जना उत्तरी थाइल्याण्डको चियाङ राई प्रान्तमा रहेको थाम लुआङ गुफामा फँसेका थिए ।

फुटबलको अभ्यासपछि गत जुन २३ मा गुफा भ्रमणमा गएका खेलाडी तथा प्रशिक्षक अचानक वर्षा भएपछि गुफा भित्र फँसेका थिए । उद्धारका क्रममा शुक्रबार एक उद्धारकर्ताको ज्यान समेत गएको थियो । उद्धार गरिएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अधिकारीले जनाएका छन् ।