थाईल्याडको गुफामा फसेकाहरुको उद्धारमा खटिएका उद्धारकर्मीको मृत्यु

title
शुक्रबार, असार २२, २०७५

एजेन्सी । थाइल्याण्डको एक गुफामा फसेका १२ जना बालक र उनीहरुको फुटबल प्रशिक्षकको उद्धारमा खटिएका एक उद्धारकर्मीको मृत्यु भएको छ ।
गुफामा फसेकाहरुलाई राहत सामग्री र्पुयाएर फर्किने क्रममा बेहोस भएका ३८ वर्षीय समन कुननको मृत्यु भएको हो ।

समन कुनन थाइल्याण्डको पूर्व सैनिक हुन् । गुफामा बच्चाहरु फसेको थाहा पाएपछि उनी उद्धारकर्मीको टोलीमा सामेल हुन आएका थिए । गुफाभित्र अक्सिजन पुर्याएर फर्किने क्रममा उनीस“ग पर्याप्त अक्सिजन नभएकाले मृत्यु भएको जनाइएको छ ।

उत्तरी थाइल्याण्डको एक गुफामा बाढीको कारण १२ दिनदेखि फसेका १२ जना बालक र उनीहरुको फुटबल प्रशिक्षकलाई सुरक्षित रुपमा बाहिर निकाल्ने योजनाअनुसार अहिले काम भइरहेको छ ।

गुफामा फसेकाहरुलाई बाहिर निकाल्न चार महिनासम्म लाग्नसक्ने थाइल्याण्डको सेनाले जनाएको छ ।