नारायणगढ मुग्लिन सडकखण्डमा खसेको पहिरो हटाइयो, बाटो दुईतर्फी खुल्यो

title
बुधबार, असार २०, २०७५

कृष्ण अाचार्य । चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा खसेका दुई ठूला पहिरो हटाईएसंगै अवरुद्ध बनेकोको सडक संचालनमा आएको छ । आज अपरान्ह ४ः३५ बजेदेखी नारायणगढ–मुग्लिन सडक दुई तर्फी संचालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यसअघि दिउँसो टोपेखोला र कालीखोलाको बीच भागमा फसेका सवारी साधनहरुलाई एकतर्फी बाटो खुलाई सुरक्षित स्थानमा पठाईएको थियो । मुग्लिनबाट तीन दशमलव १२ किलोमिटरको दूरीमा कालीखोला पर्दछ भने टोपेखोला तीन दशमलव तीन किलोमिटर दूरीमा छ ।

बीचको १८० मिटरमा मात्रै झन्डै ६० सवारीसाधन रहेका थिए । सो सडक खण्डको टोपेखोला र कालीखोलामा पहिरो खसेपछि आज विहान ५ः३० बजेदेखी नै सडक अवरुद्ध बनेको थियो । केहीदिन यता यस सडक खण्डमा पटक पटक पहिरो खस्या यात्रुहरु मर्कामा पर्ने गरेका छन् ।