नेकपाको नियमावली पारित

title
बुधबार, असार २७, २०७५

काठमाडौं । नेकपा सचिवालय बैठकले नियमावली पारित गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले नियमावली पारित गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

‘बैठकले पार्टी संगठनको एकताको आवधिक कार्ययोजना बनाउने निर्णय पनि गरेको छ’ श्रेष्ठले भने ।

श्रेष्ठले सचिवालय बैठक बिहिबार बस्ने र पार्टीका जनवर्गीय संगठनहरुको एकताका लागि समय तोकेरै कार्ययोजना बनाइने समेत जानकारी दिए ।

नियमावलीको टुंगो लगाउन नेकपाले नेताहरू वामदेव गौतम, रामबहादुर थापा र विष्णु पौडेल सदस्य रहेको तीन सदस्यीय कार्यदल गठन भएको थियो ।