प्रदेश विनियोजन विधेयक २०७५ बहुमतले पारित

title
बुधबार, असार २०, २०७५

बुटवल । प्रदेश नम्बर ५ मा प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक  बहुमतले पारित भएको छ ।

प्रदेशसभाको बुधबार बसेको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले ‘विनियोजन विधेयक २०७५ पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

विधेयकमा विपक्षी दल नेपाली काँग्रेसले असहमति जनाएको छ । विधेयक पारित भएसँगै प्रदेश सरकारलाई बजेट कार्यान्वयन गर्न बाटो खुला भएको छ ।