प्रशारण लाइन नबन्दा ८६ मेघावाट विजुली खेर जाँदै

title
बुधबार, असार २०, २०७५

खविन लुईटेल । पाँचथर । पुर्वी पहाडी जिल्लामा काबेली करिडोर अन्तर्गत प्रसारण लाईन निर्माण नहुँदा उत्पादित विद्युत खेर जाने देखिएको छ । मेचीमा मात्रै विभिन्न आयोजनाले ८६ मेगावाट विद्युत उत्पादनको काम अन्तिम चरणमा पु¥याएका छन् । तर प्रसारण लाईन अभावमा आयोजनाहरु अन्यौलमा पुगेका हुन ।

केही दिनभित्रै उत्पादन प्रारम्भ गर्ने चरणमा पुगेका २५ मेगावाटको कावेली ‘वि वान’ आयोजना र १० मेगावाटको इवा खोला जलविद्युत आयोजनाको काम पनि अहिले रोकिएको छ ।

परिक्षण उत्पादनका चरणमा रहेका आयोजनाहरु कावेली करिडोर सम्पन्न नहँुदा काम नै रोकेर बसेका हुन् । मेची पहाडी जिल्लामा उत्पादन हुने विद्युतलाई केन्द्रीय प्रशारण लाईनमा जोड्ने एउटै मात्रै विद्युत बाटो कोवली करिडोरको म्याद पटक पटक थपिदा पनि निर्माण सम्पन्न नहुँदा समस्या भएको हो ।

कामले गति नलिएको भन्दै नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले केही महिना अगाडि स्थलगत निरिक्षण गर्दै आयोजनाको म्याद अव नथपिने बताएका थिए । तर असार मसान्तभित्र सक्नु पर्ने करिडोर निर्माण सम्पन्न नहुने निश्चित छ । करिडोर सम्पन्न नभएमा के गर्ने भन्नेबारे यस क्षेत्रमा सञ्चालनमा रहेका बिभिन्न आयोजनाहरु अन्यौलमा परेका छन् ।

हेवा ए जलविद्युत आयोजनाको १५ मेगावाट मध्ये करिडोर नभएकै कारण १ वर्ष भन्दा लामो समयदेखि आंशिक विद्युत उत्पादन गर्दै आइरहेको छ । एकातिर राज्यले भारतबाट मह“गोमा विद्युत खरिद गर्दै छ भने अर्कोतर्फ नेपालमा उत्पादन भैरहेको विद्युत खेर गैरहेको प्रति आयोजनाका लगानीकर्ताहरु आक्रोशित भएका छन ।
इवाखोला, कावेली वि वान, हेवा खोला, फावाखोला लगायतका आयोजनाबाट यस क्षेत्रमा ६० मेगावाट भन्दा वढि विद्युत उत्पादन हुनेछ । माउन्टेन हाइड्रोको तल्लो हेवा समेत उत्पादनको चरणमा पुगेको छ । यो संगै कावेली ए, हेवा माथिल्लो लगायतका आयोजनाहरु समेत द्रुत गतिमा निर्माण भैरहेका छन् । तर करिडोर सम्पन्न नहुँदा काम रोक्ने अवस्था आएको कावेली बी वान आयोजना सञ्चालक दिनेश न्यौपाने बताउँछन ।

यता कावेली करिडोरका आयोजना प्रमुख दिपेन्द्र द्धिवेदीले इलामको सिद्धिथुम्कामा स्थानीयको अवरोधले जेष्ठ ७ गतेदेखि मात्रै काम सुरु गरिएकाले असार मसान्तभित्र काम सम्पन्न नहुने बताउ“छन । काबेली करिडोर अन्तर्गत झापाको दमकबाट सुरु भएको प्रसारण लाइन इलाम, पँ“चथर हु“दै ताप्लेजुङसम्म पुग्छ । प्रसारण लाइनलाई तीन खण्डमा विभाजन गरी निर्माण भइरहेको छ ।

त्यसमध्ये पहिलो दमक–गोदक खण्डको निर्माण भइसकेको छ । दोस्रो खण्ड गोदक–फिदिम (थापाटार) खण्डको काममा ढिलाइ भएको हो । तेस्रो फिदिम–ताप्लेजुङ खण्डको निर्माण अन्तिम चरणमा छ । गोदक, थापाटार र ताप्लेजुङमा सव–स्टेसन निर्माण सकिएको छ । करिडोर अन्र्तगत ९० किलोमिटर प्रसारण लाइनमा २ सय ६३ वटा टावर निर्माण हुने छन् ।