फुजेल घटनाका आरोपी छविलाल पौडेललाई रिहाई गर्न माग

title
बिहिबार, असार २८, २०७५

काठमाडौं । गोरखा फुजेलका सचेत नागरिक परिवारले कृष्णप्रसाद अधिकारी हत्याका आरोपित भनेर कारागारमा रहेका गोरखा फुजेलका छविलाल पौडेल निर्दोष रहेको भन्दै तत्काल उनको रिहाईको माग गरेका छन् ।

विहिबार काठमाडौमा पत्रकार सम्मेलन गरि गोरखाका सचेत नागरिक परिवारले कारागारमा रहेका छविलाल पौडेललाई तत्काल रिहाई गर्न माग गरेका हुन् ।

पत्रकार सम्मेनलमा छविलालका आफन्त पर्शुराम पौडेलले पे्रस विज्ञप्ती वाचन गर्दै कारागारमा रहेका छविलाल पौडेललाई तत्काल रिहाई गर्न माग गर्नुभयो । छविलाल गाउँको विकासवादी नेता भएको भन्दै उहाँले फरार शव्दप्रति आपत्ती जनाउनुभयो ।

छविलाल पौडेल निर्दोष रहेको भन्दै नन्द प्रसाद अधिकारी र गंगामायाले पारिवारिक रिसिईबीका कारण आफन्तहरुलाई फसाउन खोजेको उहाँले आरोप लगाउनुभयो ।

उक्त घट्नालाई एकतर्फी रुपमा मात्रै प्रचार गरी आफूहरुको सार्वजनिक जीवन र चरित्र हत्या गर्ने प्रयास भएको भन्दै त्यस्तो प्रयासको अन्त्य होस् भन्ने आफूहरुले चाहेको परिवारले जनाएका छन् ।