मौद्रीक नीति सार्वजनिक

title
बुधबार, असार २७, २०७५

काठमाडौ । आगामी आर्थिक वर्षको बजेट आएको डेढ महिनापछि राष्ट्र बैकले जारी गरेको मौद्रीक नीतिमा मुल्यवृद्धि साढे ६ प्रतिशतमा सिमित राख्ने लक्ष्य लिइएको छ ।

केन्द्रीय बैकले सार्वजनिक गरेको नीतिमा आगामी आर्थिक वर्षको आर्थिक वृद्धिदर ८ प्रतिशत पु¥याउन आवश्यक व्यवस्था गर्ने समेत उल्लेख छ । चालु आर्थिक वर्ष सकिनै लाग्दा यसवर्षको आर्थिक वृद्धिदर ५ दशमलव ९ प्रतिशत रहने अनुमान राष्ट्र बैकले गरेको छ । राष्ट्र बैकले सार्वजनिक गरेको मौद्रिक नीति अनुसार नेपालको अर्थतन्त्रको आकार बढेर ३० खर्ब रुपैयाभन्दा माथि पुगेको छ ।

वाणिज्य बैंकहरुले पर्यटन र ऊर्जा क्षेत्रमा न्यूनतम १५ प्रतिशत लगानी गर्नुपर्ने, कृषि क्षेत्रमा बैंकहरुले आफ्नो कूल कर्जाको १० प्रतिशत रकम लगानी गर्नुपर्ने बाध्यकारी व्यवस्था मौद्रिक नीतिमा गरिएको छ । आर्थिक वर्ष २०७५÷०७६ भित्र सवै वाणिज्य बैंकलाई प्रत्येक प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गर्न लगाउने व्यवस्था मिलाउने सहित मौद्रिक नीतिमा महानगर र नगरपालिकाबाहेकका गाउ“पालिकामा बैंकले शाखा खोल्दा राष्ट्र बैकको अनुमति लिन नपर्ने व्यवस्था समेत गरिएको छ ।

राष्ट्र बैकले बचतकर्ताको बचत तथा मुद्दती खातामा रहेको २ लाखसम्मको निक्षेप सुरक्षण गराउनु पर्ने विद्यमान व्यवस्था रहेकोमा उक्त सुरक्षण ३ लाख कायम गर्न आवश्यक समन्वय गरिने राष्ट्र बैंकले जनाएको छ । त्यस्तै शैक्षिक प्रमाणपत्र धितोका रुपमा बैंकमा राखेर ऋण लिन पाउने व्यवस्थालाई थप प्रभावकारी बनाउने समेत केन्द्रिय बैकको तयारी छ ।

राष्ट्र बैकको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा सबै बाणिज्य बैकले शेयर ब्रोकरका रुपमा काम गर्न पाउने नया“ व्यवस्था समेत गरेको छ । त्यस्तै आगामी आर्थिक वर्षदेखि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले चार प्रतिशत अनिवार्य नगद अनुपात कायम गर्नुपर्ने व्यवस्था मौद्रिक नीतिमा गरिएको छ । अनिवार्य नगद अनुपातमा गरिएको यो कटौतीबाट ४८ अर्ब थप तरलता प्रवाह हुने छ ।