राजपाकाे असार ३० गते संसदीय दलको निर्वाचन गर्ने निर्णय

title
सोमवार, असार २५, २०७५

काठमाडौँ । संघीय संसदको तेस्रो ठूलो दल राष्ट्रिय जनता पार्टीले शनिवार संसदीय दलको निर्वाचन गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा आज बसेको राजपाको संसदीय दलको बैठकले शनिवार नेता चयन गर्ने निर्णय गरेको हो । बैठकमा संसदीय दलको विधान सांसदहरुलाई वितरण गरिएको छ ।

मंगलबार १२ बजेसम्म कुनै संशोधन भए अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई लिखित रुपमा बुझाउन निर्देशन दिइएको राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिनुभयो । उहाले आजै संसदीय दलको विधान पारित हुने बताउनुभयो ।

बैठकमा सांसदहरुले सहमतिमै संसदीय दलको नेता चयन गर्न शीर्ष नेताको ध्यानाकर्षण गराएका थिए ।