राष्ट्रियसभामा प्रधानमन्त्री ओलीले भने– शक्तिशाली बन्ने चाहना छैन

title
सोमवार, असार २५, २०७५

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत रुपमा आफूलाई शक्तिशाली हुने कुनै चाहना नभएको स्पष्ट पार्नुभएको छ । राष्ट्रियसभाको सोमबारको बैठकमा प्रधानमन्त्री कार्यालय लगाएत मातहतका कार्यालयमाथि उठेका प्रश्नको जवाफ दिदै प्रधानमन्त्री ओलीले शक्तिशाली हुने ईच्छा र चाहना आफुलाई नभएको बताउनुभएको हो ।

आफूले आधा शताब्दी लडेको व्यक्तिगत रुपमा शक्तिशाली हुन नभई मुलुकलाई समृद्ध बनाउन र देशवासीलाई सुखी बनाउनका लागि भएको उहाको भनाई छ । उहाले सरकार शक्तिशाली हुनुको अर्थ अहंकार पाल्ने र संविधान र कानुन विपरीत चल्नु नभएको पनि बताउनुभयो ।

उहाले आफूले लोकतन्त्रका लागि लडेको र ७७ जिल्लाकै वासिन्दाको समस्या बुझेको पनि जिकिर गर्नुभयो । त्यस्तै उहाले प्रधानमन्त्री ओलीले तुइनको ठाउँमा झोलुङ्गे पुल वा त्यो नभएकेवलकार राखेर भए पनि नेपालीको छोराछोरी खोलामा खस्ने वातावरण अन्त्य गर्ने धारणा राख्नुभयो ।

प्रधानमन्त्री ओलीले यो सरकारले मितव्ययिताको नीति अपनाएको जिकिर गर्देजनताको करबाट आएको हरेक रकम मितव्ययिताको साथ सदुपयोग र खर्च गर्ने बताउनुभयो । उहाले संघियतालाई सुदृढ बनाउनका लागी केहि कार्यालयहरुलाई प्रधानमन्त्री कार्यालयमा ल्याईएको उल्लेख गर्नुभयो । उहाले संबिधान संसोधन हुन सक्ने बिषय भएपनि लहडमा संसोधन नहुने स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले बिचौलियाको अन्त्य गर्न सरकार लागि परेको बताउनुभयो । उत्पादक र उपभोक्ताको बीचमा बसेर मार्जिन खाने अवस्थाको अन्त्यका लागि सरकारले प्रभावकारी काम गर्ने प्रधानमन्त्री ओलीको भनाई थियो ।