विरालोको हत्यारा खाेज्दै रसियन प्रहरी

title
आइतवार, असार २४, २०७५

एजेन्सी । रसिया विश्वकप फुटबल प्रतियोगितामा सफल भविष्यवाणी गरेर चर्चामा आएको एक बिरालाेको हत्या गरिएको आश‌कामा प्रहरीले अनुसन्धान सुरु गरेको छ।

समुह चरणमा प्राय सवै खेलका भविष्णवाणी मिलाएर चर्चित बनेको एक खैरौ बिरालाेको निधन भएपछि रसियन प्रहरीले त्यसको अनुसन्धान गर्ने जनाएको छ । ‘बिरालोको निधन कसरी भयो भन्ने अहिले अनुसन्धानको विषय बनेको छ ।

हामी त्यसको अनुसन्धान गर्छै।’ एक रसियन अधिकारीले भने । विरोलाले अन्तिमपटक अर्जेन्टिना र नाइजेरियाबीचको खेल भविष्यवाणी गरेको थियो । त्यो भविष्यवाणिको दुई सातापछि उसको निधन भयो ।

खेल हुनु एक दिनअघि बिरालोको अगाडि दुई वटा कचौरा राखिन्थ्यो । दुवै कचौरा अगाडि झन्डा पनि हुन्थ्यो । कचौरामा केही खानेकुरा पनि हुन्थ्यो। बिरालोले जुन कचौराको खाना खान्थ्यो, खेलमा जित त्यसैको हुने गरेको थियो ।