शनिबारसम्मै भारी वर्षाको सम्भावना

title
बिहिबार, असार २८, २०७५

काठमाडौं । केही दिन यता परेको पानीका कारण बाढी र पहिरोको जोखिम बढेको छ । गएराति देखिको लगातारको वर्षाले भक्तपुर र काभ्रेको बनेपा क्षेत्र जलमग्न बेनेको छ । यस्तै, अरनिको र बीपी राजमार्ग क्षेत्रका विभिन्न ठाउँमा पहिरको जाँदा सवारी साधन चल्न सकेका छैनन् भने यात्रु अलपत्र बनेको छन् ।

यसैबीच मौसमविद्ले भने शनिबारसम्म भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेका छन् ।

मौसमविदका अनुसार मनसुन सक्रिय भएकाले पूर्वदेखि पश्चिमसम्म भारी वर्षाको सम्भावना रहेको छ । बुधबार राती काठमाडौंमा ८८ मिलिमिटर पानी परेको छ । मध्य र पश्चिममा धेरै पानी परे पनि पूर्वी क्षेत्रमा भने थोरै मात्र वर्षा भएको छ ।

मौसम विज्ञान विभागले बिहीबारदेखि शनिबारसम्मको मौसमी अवस्थाबारे सूचना नै निकालेर जानकारी पनि दिएको छ । सूचनामा लेखिएअनुसार बिहीबार दिउँसोको समयमा देशभरि नै बदली रही मध्य र पश्चिमका अधिकांश स्थानहरुमा र पूर्वका केहि स्थानहरुमा मध्यम खालको वर्षाको सम्भावना छ ।

बिहीबार राति देशको मध्य र पश्चिमी भूभागका केही स्थानमा र पूर्वका एक९दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।शुक्रबार दिउँसो र साँझ मध्यम खालको वर्षाको सम्भावना रहे पनि रातिको समयमा भारी वर्षाको हुने अनुमान गरिएको छ ।