शेयर लगानीकर्ताले घेरे ब्रोकर कम्पनी

title
बुधबार, जेष्ठ २३, २०७५

काठमाडौं । सरकारको निर्णयविरुद्ध शेयरधनीहरु आन्दोलित भएका छन् । गत शुक्रबार सरकारले राइट शेयर र बोनस शेयर दुवैमा कर लगाउने निर्णय गरेसँगै शेयर लगानीकर्ता आन्दोलनमा उत्रिएका हुन ।

शेयर लगानीकर्ताले मंगलबार बिहान १० बजेपछि ब्रोकर कम्पनीमा घेराउ गर्दै सरकारको निर्णयको विरोध गरेका छन् । लगानीकर्ता आन्दोलनमा उत्रिएपछि शेयर कारोबार ठप्प भएको छ ।

शेयर लगानीकर्ताले सरकारी निर्णय फिर्ता हुनु पर्ने माग गरेका छन् । आन्दोनकारीका मागका सम्बन्धमा सोमबार दुई पक्षबीच सोमबार वार्ता भएको थियो ।