सिरियामा भइरहेका सैन्य गतिविधि रोक्न संयुक्त राष्ट्रसंघका महासचिवको अाह्वान

title
बिहिबार, असार २१, २०७५

काठमाडाैँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुथ्रेसले दक्षिणपश्चिम सिरियामा भइरहेका सैन्य गतिविधि रोक्न सम्बन्धित पक्षसँग आग्रह गरेका छन् ।

बुधबार विज्ञप्ति जारी गर्दै सिरियामा भइरहेका सैन्य गतिविधि ‘तत्काल रोक्न’ आग्रह गरेकाे समाचारमा जनाइएको छ ।

यस क्षेत्रमा पछिल्ला केही दिन यता सरकारी फौजद्वारा विद्रोही नियन्त्रित क्षेत्रमा सुरक्षा कारबाहीलाई कडा पारिएको छ जसका कारण करिब १ सय सर्वसाधारणले ज्यान गुमाएका छन् ।

महासचिव गुथ्रेसले सुरक्षा कारबाही जारी रहेको दक्षिणपश्चिमी क्षेत्रलाई जोर्डन, रूस र संयुक्तराज्य अमेरिकाबीच द्वन्द्वरहित क्षेत्र बनाउन सहमति भएको ध्यानाकर्षण गराएका छन् ।

दक्षिणी सिरियाली क्षेत्रमा जारी रहेको द्वन्द्वका क्रममा करिब ३ लाख मानिस विस्थापित भएको समाचार छ ।