हत्यामा संग्लग्न तीन जना १५ दिनपछि पक्राउ

title
मङ्लबार, असार २६, २०७५

आविद हुसेन/पर्सा । वीरगंजको गहवाका भिखारी रामको हत्यामा संलग्न तीन जनालाई पर्सा प्रहरीले १५ दिनपछि पक्राउ गरि आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा कलैया घरभई वीरगंज बस्दै आएका ४० वर्षीय महजिद मिया हजाम, सर्लाही बरथवा १० का ४२ वर्षीय भरत थापा र पोखरा महानगरपालिका १ का २९ वर्षीय बिजय नेपाली रहेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिनुभयो ।

वीरगंज ८ गहवा निवासी पशुपति बैण्डका संचालक समेत रहेका रामको गत १० गते हत्या गरिएको अवस्थामा घर नजिकै नेपाल टेलीकमको पछाडिपट्टि रहेको सडकमा शव फेला परेको थियो ।

पक्राउ परेका तीनैजनालाई अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक ढकालले बताउनुभयो ।