हामी १२ अाैं वर्षमा प्रवेश, कस्तो रह्यो आरोह अवरोह ?

title
बुधबार, असार २७, २०७५

‘समाचारको शिखर नेपालको गौरव’ भन्ने मुल उद्घोषका साथ प्रसारण आरम्भ गरेको सगरमाथा टेलिभिजनले विभिन्न आरोह अबरोह पार गर्दै प्रसारणको ११ बर्ष पार गरेको छ ।

जस्तोसुकै प्रतिकुल परिस्थितीमा पनि पत्रकारिताको मुल धर्र्ममा अडिग यस टेलिभिजनले, लोकतन्त्र, भौगोलिक अखण्डताका र राष्ट्रियताको सवालमा कसैस“ग सम्झौता गरेन र गर्ने छैन ।

मुलुकमा चलेको लामो सशस्त्र बिद्रोह अन्त्यका लागि प्रमुख राजनीतिक दलले बृहत शान्ति संझौता संभव गराएपछि नागरिकमा पलाएको परिवर्तन प्रतिको अपेक्षा कै बीच सगरमाथा टेलिभिजनले पनि प्रसारण अनुमति लिएको थियो । त्यसबेलासम्म नेपालमा भू–सतही वा भू–उपग्रहमार्फत ४ वटा टेलिभिजन प्रसारणमा थिए र ती च्यानलमा समाचार, मनोरञ्जन दुबैको समान पहुंच थियो ।

१९८० कै दशकमा २४ घण्टा समाचार प्रसारण गर्ने च्यानलको बिस्तार सुरु भइसकेको विश्व परिवेशमा नेपालका लागि भने समाचार च्यानल बहसको विषय मात्र थियो । २४ सै घण्टा समाचारमा के दिने ? सञ्चालन खर्च, प्रसारण सामाग्री जस्ता टेलिभिजनका महत्वपूर्ण पक्षमा अन्यौल थियो । दर्शकको बास्तविक रुची के छ भन्ने यकीन अध्यन थिएन ।

यही अन्यौलका बीच २०६४ असार २७ गते सगरमाथा टेलिभिजनले २४ सै घण्टा समाचार र समाचारमुलक सामाग्री प्रशारण गर्ने पहिलो च्यानलका रुपमा प्रशारण सुरु ग¥यो । टेलिभिजनको अभ्यास नै ढिलो गरी शुरु भएको नेपालका निम्ति समाचार च्यानल आफैंमा नयां, चुनौतीपूर्ण र नौलो ठानिएको थियो ।

विश्व टेलिभिजन प्रशारणको करीब आधा सताव्दी पछि नेपालमा सुरु भएको टेलिभिजन प्रशारणको इतिहांस २०४६ सालको राजनीतिक परिवर्तनसम्म त सरकार नियन्त्रीत् एक मात्र टेलिभिनमा निर्भर रह्यो ।

तर सञ्चार तथा प्रसारणका क्षेत्रमा प्रजातान्त्रीक सरकारले उदार नीति लिएपछि नेपालमा टेलिभिजन प्रशारण सुरु भएको ३ दशक नपुग्दै १ दर्जनभन्दा बढी भू–उपग्रहबाट प्रशारण हुने टेलिभिजन अस्तित्वमा आए । त्यसै मध्येको एक नेपालकै पहिलो समाचार च्यानल हो, सगरमाथा टेलिभिजन ।

सगरमाथाले यो अवधीमा प्रशारण आरंभको ११ वर्ष पूरा गरिसकेको छ । हाम्रो यात्रा १२ वर्षमा प्रवेश गर्दा नेपालमा पनि समाचार च्यानल चल्न सक्छ भन्ने नजिर स्थापित भएको छ र अरु धेरैले यही मान्यतालाई पच्छ्याएका छन् । प्रशारण यात्राका क्रममा जस्तोसुकै चुनौती आएपनि पत्रकारिताको मूलभुत सिद्धान्त र मान्यतामा अबिचलित् रही हामीले समाजको बृहतरहितका लागि वाच डगको भूमिका खेल्दै आएका छौं ।

टेलिभिजन पत्रकारिताका विश्वव्यापी मापदण्ड र मुल्य आत्मसात गर्दै, सूचनाको अधिकार स्थापित गराउन हामी २४ सै घण्टा निरन्तर प्रतिवद्ध छौं । प्रसारणको ११ वर्षमा समाजका सबै क्षेत्र हाम्रो प्राथमिकतामा परेका छन् । हामी राजनीति भन्दा बढी समाज प्रतिको हाम्रो दायीत्वमा बढी घोत्लीएका छौं । आवाजबिहीनहरुको आवाज बनेर सम्बद्ध निकायलाई घच्घच्याउने र राज्यका हरेक गलत् क्रियाकलाप बिरुद्ध सालिनतापूर्वक खवरदारी गर्ने हाम्रो अभियान जारी छ ।

राजनीति, आर्थिक, शैक्षिक, स्वास्थ्य र जनजीविकाका सवाल हाम्रो प्राथमिकतामा परे र परिरहनेछन् । थरिथरिका राजनीतिक क्रान्ति र परिवर्तनका कारण कहिल्यै परिपक्व बन्न नसकेको प्रजातान्त्रीक मुल्य र मान्यता कै बीचमा प्रसारण आरंभ गरेको सगरमाथा टेलिभिन परिवर्तित् कालखण्डमा सात दशक लामो नेपालको प्रजातान्त्रीक आन्दोलनको मर्म र भावना बाट कत्तिपनि बिचलीत् रहेन र छैन ।

लोकतन्त्रलाई संस्थागत गर्दै जनअपेक्षाको संविधान र स्थायी शान्तिलाई सुरुवाती संकल्प बनाएको सगरमाथा टेलिभिजन अहिले संविधानसभा बाट जारी भएको संविधानको सफल कार्यान्वयनमा केन्द्रित छ । संविधान लेखनका सन्दर्भमा होस् अथवा संविधान कार्यान्वयनका क्रममा भएका चुनावका समयमा हामी अबिछिन्न जनताको भावनाको पक्षमा उभियौं र कुनै पनि पक्षको अलोकतान्त्रीक कदम बिरुद्ध खवरदारी ग¥यौं ।

जनताको सार्वभौम सत्ता, अन्तरिम संविधानका अन्तरवस्तु, ऐतिहासिक संविधानसभाको चुनाव, लामो समयसम्म स्थानीय तहको चुनाव नहुंदा मौलाएको बिकृति–बिसंगति, राज्यका विभिन्न तह र तप्कामा विद्यमान बेथिति, भ्रष्टाचार बिरुद्धको हाम्रो निगरानी र खवरदारीले राज्यमा चौंथो अंगको भुमीका निर्वाह गरेको छ भन्ने हाम्रो विश्वास छ ।

जसको निरन्तरता अबको हाम्रो चुनौती हो । यस्तै चुनौती हामीले फरक परिवेशमा संविधान लेखनको यात्राका क्रममा समेत सामना ग¥यौं । पहिलो संविधानसभाको विघठन, संविधानसभाको दोश्राे चुनाव, २०७२ साल असोज ३ गते संविधानसभा बाट जारी भएकोसंविधान, संविधान कार्यान्वयनका क्रममा सम्पन्न ३ तहको चुनाव, सरकार गठन प्रक्रियामा देखिएको सकस सबै घटनाक्रममा हामी तटस्थ रह्यौं र जनताको भाषा मात्र बोल्यौं ।

जसरि सगरमाथा टेलिभिजनले पहिलो संविधान सभाको चुनाव भएपछि तत्कालीन व्यवस्थापीका संसदले राजतन्त्र अन्त्य, गणतन्त्र घोषणा, संघीयता कार्यान्वयनको घोषणा, मुलुकको आन्तरिक पुर्नसंरचना जस्ता दुरगामी महत्वका निर्णय गर्दा हामी सत्यको पक्षमा उभिएका थियौं । फेरिपनि यही भुमीकामा प्रतिबद्ध रहंदै सम्बृद्धिको यात्रामा उभिएको सरकारलाई सकरात्मक दवाव सिर्जना गर्नु अवको हाम्रो दायीत्व र महत्वपूर्ण जिम्मेवारी रहने छ ।