भिएलएनका श्रेष्ठलाई धरौटीमा छोड्ने जिल्ला न्यायाधीश छानबिनमा

title
बुधबार, असार २०, २०७५

काठमाडौं । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा सिन्डिकेट चलाएर पौने ३ अर्ब ठगी गरेको आरोपमा पक्राउ परेका रामकुमार श्रेष्ठलाई धरौटीमा छोड्ने जिल्ला न्यायाधीश अम्बरबहादुर बस्नेत छानबिनमा तानिएका छन् ।

न्याय परिषदको बुधबारको बैठकले जिल्ला न्यायाधीश बस्नेतमाथि परेको उजुरी गम्भीर भएको भन्दै छानबिनका लागि समिति गठन गरेको छ । समितिमा परिषद् सदस्यद्वय रामप्रसाद सिटौला र पदमप्रसाद वैदिक रहेका छन् ।