काठमाडौं । काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी नाम परिवर्तन गर्न सूचना जारी गरेपछि हालसम्म दुई सय तीन संस्थागत विद्यालय सम्पर्कमा आएको महानगरले जनाएको छ । तीमध्ये केहीले यसअघिकै अहिलेकै नाम उचित भनेका छन् भने केहीले नयाँ नाम प्रस्ताव गरेको महानगरअन्तर्गत शिक्षा विभागका निमित्त प्रमुख सरस्वती पोखरेलले जानकारी दिईन । प्रमुख पोखरेलका अनुसार नाम […]
काठमाडौँ । शिक्षक आन्दोलनले रोकिएको काठमाडौँ र ललितपुरमा एसइई उत्तरपुस्तिका परीक्षण सुरु भएको छ । उत्तरपुस्तिका परीक्षणको पारिश्रमिक बढाउनुपर्ने माग गर्दै शिक्षकहरूले ललितपुरमा सोमबारदेखि र काठमाडौँमा मंगलबारदेखि एसइईको उत्तरपुस्तिका परीक्षण रोकेका थिए । शिक्षक सङ्गठनहरूले उत्तरपुस्तिका परीक्षक, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षकको पारिश्रमिक बढाउनुपर्ने माग राखेका थिए । राष्ट्रिय परीक्षा बोर्डले पारिश्रमिक बढाउने प्रक्रिया सुरु […]
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बाटो निर्माण कार्यमा अनियमितता गरेको आरोपमा हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर शाहीसहित ७ जनाविरुद्ध मुद्दा दायर गरिएको हो । यस्तै इन्जिनियर रुद्र बहादुर वली, असिस्टेन्ट सब-इन्जिनियर हर्कधन बुढा, वडा नं. ३ का तत्कालीन […]