काठमाडौं।नेपालको दुई दिने राजकीय भ्रमणमा काठमाडौँ आइपुगेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी शितल निवास पुगेका छन् । आजै काठमाडौँ आइपुगेका अमिर थानी विमानस्थलबाट सिधै राष्ट्रपति निवास पुगेका हुन् । अहिले कतारी अमिरले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरिरहेका छन् । राष्ट्रपति पौडेलले उनको सम्मानमा आज साँझ राजकीय भोजको आयोजना गर्दै छन् । यस अघि […]
काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा काठमाडौँ आइपुगेका छन् । राष्ट्रपति पौडेल उनको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए । कतारी अमिरको राजकीय भ्रमणका क्रममा उनको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिने बताइएको छ । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेलसँग कतारी विशिष्ट अतिथिले शीतल निवासमा भेटवार्ता […]
भैरहवा (रुपन्देही)। नेपाल भ्रमणमा आउन लाग्नुभएका कतारका अमिरको भ्रमणका अवसरमा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको उडान सञ्चालन सम्झौताका लागि पहल गर्न आग्रह गरिएको छ । विमानस्थल उद्घाटन भए पनि पूर्णरूपमा सञ्चालनमा नआउँदा आर्थिक गतिविधि बढ्न नसकेको भन्दै सरोकारवालाहरूले कतारका अमिरको भ्रमणका अवसरमा भैरहवा–कतार हवाई उडानका लागि पहल गर्न आग्रह गरेका हुन् । सिद्धार्थ उद्योग […]