जोडिनुहोस

राष्ट्रपति पौडेलद्वारा अनुगमन तथा मूल्यांकन विधेयक प्रमाणीकरण

काठमाडौँ।राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मूल्यांकन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपतिको कार्यालयका अनुसार संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेस हुन आएको सो विधेयक संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् ।  

पशुपतिको श्लेषमान्तक वनमा शव गाड्न नपाइने सर्वोच्चद्वारा आदेश

काठमाडौं । सर्वोच्च अदालतले पाशुपत क्षेत्रभित्रको श्लेषमान्तक वन क्षेत्रमा शव गाड्न नपाउने गरी व्यवस्था मिलाउन सरकारलाई आदेश दिएको छ । सर्वोच्चले शव व्यवस्थापनको विकल्प खोज्न सरकारका नाममा परमादेश जारी गर्दै शव गाड्ने स्थानको पहिचान र सुनिश्चितता गर्न पनि आदेश गरेको छ । अब सरकारले अदालतको फैसला पाएको मितिले एक वर्षभित्र श्लेषमान्तक क्षेत्रमा शव गाड्न नपाउने […]

निजी विद्यालयको नाम नेपालीमै राख्न महानगरले दियो एक महिना

काठमाडौं । काठमाडौं महानगरपालिकाले निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको समय दिएको छ। बिहीबार सूचना जारी गरी महानगरले नेपालीमा नाम राख्न निजी विद्यालयलाई एक महिना समय दिएको हो। महानगरपालिकाको शिक्षा विभागद्वारा जारी सूचनामा शिक्षा नियमावली २०५९ को नियम १५४ (१) तथा काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ७० मा व्यवस्था भएबमोजिम […]

Map

राजनीति

भिडियोहरू

हिजबुल्लाहले उत्तरी इजरायलमा रकेटको ब्यारेज प्रहार

हिजबुल्लाहले उत्तरी इजरायलमा रकेटको ब्यारेज प्रहार गरेको छ । लेबनानी गाउँमा घातक इजरायली हमलाको जवाफमा प्रहार गरिएको रकेटका कारण केहीको मृत्यु भएको जनाइएको छ । लक्षित लेबनानी समूहले मारिएकाहरू उद्धारकर्ता“ ...भएको बताएका छन् । हिजबुल्लाह लेबनानी शिया मुस्लिम लडाकु समूह रहेको र इरानसँग घनिष्ठ सम्बन्ध रहनुका साथै हमासको सहयोगीको रुपमा रहँदै आएको छ ।

Please Subscribe our YouTube channel: http://youtube.com/sagarmathatvnepal
For latest News please visit : http://sagarmatha.tv/
Like us on Facebook: https://www.facebook.com/stvnepal
[+] Show More
फोटो फिचर

फोटो फिचर