काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट गरेको छ । शुक्रबार बिहान बालुवाटार पुगेर जोशीका बुवा आमासहित परिवारले प्रधानमन्त्रीसँग भेट गरेका हुन् । भेटमा जोशीको परिवारले विपिनको रिहाइका लागि थप पहल गरिदिन आग्रह गरिदिन प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको थियो। सो क्रममा प्रधानमन्त्रीले आफू विपिनको रिहाइका लागि चिन्तित रहेको र रिहाइका […]
फुङ्लिङ– ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक सूचना जारी गरेर काफ्लेपाटी, बलुडाँडा, गुराँसे, माथिल्लो फेदीबजार तथा होटलमा मदिरा बेच्न तथा सेवनमा निषेध गरेको हो । तीर्थयात्रीको सुरक्षा र स्वास्थ्यलाई दृष्टिगत गरी मदिरा निषेध गरिएको जनाइएको छ । पाथीभरा क्षेत्रमा मदिराजन्य पदार्थको सेवन, ओसारपसार […]
नेपाल स्काउट केन्द्रीय कार्यालयको हडपिएको जग्गा आज काठमाडौँ प्रशासनले सिल गरेको छ। गृहमन्त्री रवि लामिछानेको निर्देशनमा काठमाडौँ प्रशासनको टोलीले बिहीवार राति सिल गरेको हो। कांग्रेस सांसद दीपक खड्काले उक्त जग्गा हडपेका थिए। नेपाल स्काउट, केन्द्रीय कार्यालयको लैनचौरस्थित ३ रोपनी जग्गालाई नै सिल गरिएको छ। खड्काले स्काउटका जग्गा र भवन नियन्त्रणमा लिएर १५ वर्षदेखि अन्य व्यापारिक संस्थालाई […]