ब्लग

एक करोड वर्षअघिको नेपाल

Author:मोहन मैनाली, काठमाडौं

अलि अघि एउटा अनौठो प्रवचनको निम्तो आइलाग्यो । त्यसको शीर्षक थियो– एक करोड वर्षअघिको नेपाल । प्रवचन दिने मानिस थिइन्– मानवशास्त्री नीना जी. याब्लोयन्स्की ।

यो त्यति बेलाको नेपाल (अहिले नेपाल भनी चिनिने ठाउँ) को कुरा हो जति बेला गंगाको मैदानभन्दा भिन्न बस्छु भनेर हिमाल अग्लिन थालेको एक करोड वर्ष मात्र भएको थियो । सत्य युगभन्दा सुरु हुनुभन्दा ६१ लाख वर्षपहिलेको कुरा हो । त्यतिबेला चुरे पहाड जन्मिएकै थिएन । मैदानसँगै मिलेर बसेको थियो । मैदानसँग छुट्टिने कुरा यसले सोचेको पनि थिएन होला । दाङ, चितवन, उदयपुरजस्ता भित्री मधेस जन्मिएकै थिएनन् । यो त्यति बेलाको कुरा हो जति बेला यस ठाउँलाई नेपाल भनिँदैनथ्यो ।

यो त्यति बेलाको नेपाल (अहिले नेपाल भनी चिनिने ठाउँ) को कुरा हो जति बेला गंगाको मैदानभन्दा भिन्न बस्छु भनेर हिमाल अग्लिन थालेको एक करोड वर्ष मात्र भएको थियो । सत्य युगभन्दा सुरु हुनुभन्दा ६१ लाख वर्षपहिलेको कुरा हो । त्यतिबेला चुरे पहाड जन्मिएकै थिएन । मैदानसँगै मिलेर बसेको थियो । मैदानसँग छुट्टिने कुरा यसले सोचेको पनि थिएन होला । दाङ, चितवन, उदयपुरजस्ता भित्री मधेस जन्मिएकै थिएनन् । यो त्यति बेलाको कुरा हो जति बेला यस ठाउँलाई नेपाल भनिँदैनथ्यो ।

त्यतिबेला नेपाल कस्तो थियो भन्ने नजान्दा मलाई घरव्यवहार र पेसा चलाउन कठिन हुने थिएन । आजभोलिका लागि ग्यास कहिले पाइएला भन्ने जस्तो नभई नहुने जानकारी थिएन त्यो । तर अधिकांश नेपालीजस्तै गरी म पनि जीवन धान्न नभई नहुने जानकारी लिनभन्दा खसखस मात्र मेटाउने जानकारी लिन बढी उत्सुक थिएँ ।

प्रवचनको निम्तो पाउनेबित्तिकै मैले आपैँmलाई र केही साथीलाई सोधेको थिएँ– यस्तो इतिहास लेखेर चैं कसले र कहाँ राखेको छ ? त्यतिबेला त मैले यसको जवाफ पाइनँ । यसको केही वर्षपछि रासोल सोर्खाबीले हिमाल र मानवको उत्पत्ति शीर्षकको लेखमा मेरो प्रश्नको जवाफ दिएका रहेछन्, ‘टेथिस (सुकेको सागर जसबाट हिमालय बनेको विश्वास गरिन्छ) ले आफ्नो जीवनी चट्टान र जीवाश्ममा लेखेर राखेको छ । उसको जीवनी हिमालयको कथा मात्र होइन हाम्रो ग्रहको प्राचीन र मध्ययुगीन जीवन, जलवायु र भूगोलमा आएको परिवर्तनको रेकर्ड पनि हो ।’

यस्तै रेकर्ड हेरेर वैज्ञानिकहरू उहिले उहिले यहाँ के भएको रहेछ भनी अनुमान गर्छन् । यस्ता कुरा बताउने, एक करोड ३० लाख वर्षसम्म पुराना यस्ता भौगर्भिक र जीवाश्म शास्त्रीय रेकर्ड चुरे पहाडमा धेरै पाइन्छन् रे ।

निना यस्तो रेकर्ड पढ्न जान्ने मानवशास्त्री थिइन् । उनी नेपालमा यस्तै कुराको अनुसन्धान गरिरहेकी थिइन् । प्रवचनको शीर्षक र प्रवचनकर्ताको जीवनीबाट तानिएर २०५७ साल कात्तिकमा म कीर्तिपुरको टीयू मेमोरियल हल पुगेको थिएँ ।

प्रवचनका क्रममा नीनाले भनेकी थिइन्– यो ठाउँ (नेपाल र यसको छिमेकको भूभाग) झन्डै डेढ करोड वर्षअघि बनेको हो । यति पुरानो ठाउँको इतिहास धेरै लामो हुन्छ तर त्यसका बारेमा हामीले थाहा पाएका छैनौं, बुझेका छैनौं । वैज्ञानिकहरूले नेपालको यो पक्षलाई त्यति हेरेका छैनन् ।

उनको प्रवचन सुनेर, उनीभन्दा पहिले यस्तो अध्ययन गर्ने मानिसले लेखेका केही कुरा पढेर मेरा मनमा एक करोड वर्षअघिको नेपालको एक किसिमको चित्र कोरियो जुन यस प्रकार छ :

त्यतिबेला अहिलेको नेपाल र भारत श्रीलंकाबाट छुट्टिइसकेका थिए । तर हिमाल आजका जति अग्ला भइसकेका थिएनन् । पहाड बनिसकेको थियो । त्यसैले नेपालबाट तिब्बत पुग्न उकालो–ओरालो बाटो त हिँड्नुपथ्र्याे तर अग्ला हिमालले अहिले जसरी बाटो छेकेका थिएनन् । प्राणी र वनस्पतिको हिँडडुलमा हिमालले अहिले जस्तो बाधा पुर्‍याएका थिएनन् । प्राणी र वनस्पति नेपाल, भारत, बर्मा, चीनका बीचमा पश्चिम–पूर्व र दक्षिण–उत्तर आवतजावत गर्न सक्थे । एक करोड वर्षअघि नेपाल पर्यावरणीय चौबाटो थियो । हिमाल जवान भएपछि चाहिँ प्राणी र वनस्पतिको आवतजावत रोकियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही ब्लगबाट

ताजा