अर्थ / वाणिज्य

अटो लोनमा लगायो राष्ट्र बैकले अंकुश

काठमाडौ, १० फागुन । नेपाल राष्ट्र बैंकले निजी सवारी साधनको ऋण प्रवाहको सिमा तोकि दिएको छ ।
राष्ट्र बैंकले सवारी साधनको मूल्यांकनको अधिकतम ५० प्रतिशतसम्म मात्रै बैंकले लगानी गर्न सक्ने व्यवस्था गरेको हो ।
उत्पादनशील क्षेत्रतर्फको कर्जा प्रवाहलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ निजी सवारी साधानमा प्रवाह हुने कर्जाको सिमा तोक्नु परेको नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले जानकारी दिनु भयो ।
मौद्रिक नीतिको अर्ध वार्षिक समिक्षाका क्रममा उहाँले सार्वजनिक, पूर्वाधार निर्माण तथा सेवाका लागि प्रयोग हुने सवारी साधनको हकमा भने यो सिमा लागू नहुने पनि स्पष्ट पार्नु भयो । राष्ट्र बैंकले पछिल्लो समय आयोजनामा आधारित परियोजनामा ऋण प्रवाह बढाउन सबै बैंकहरुलाई निर्देशन पनि गरेको छ ।
गभर्नर नेपालले रियल स्टेट, हायर पर्चेज तथा सेयरको धितोमा प्रवाह भएको कर्जा समेत बढ्दै गएकाले यसबाट उत्पादनशील क्षेत्रमा आवश्यक वित्तीय स्रोतको कमी नहोस् भन्नेमा सजग रहनुपर्ने अवस्था आएको पनि उल्लेख गर्नु भयो ।
राष्ट्र बैंकले उत्पादनमूलक क्षेत्रमा पुनरकर्जाको वृद्धि पनि गरेको तथ्यांक सार्वजनिक गरेको छ । यो वर्ष कूल आन्तरिक कर्जाको वृद्धिदर पुस मसान्तसम्म २४ प्रतिशतले वृद्धि गरिएको हो । यो वर्षको हालसम्मको अवधिमा ५ अर्ब ३७ करोड पुनरकर्जाको व्यवस्था गरिएको पनि गभर्नर नेपालले जानकारी दिनु भयो ।
बैंकले चालू आर्थिक वर्षको ६ महिनासम्मको आर्थिक गतिविधि सन्तोषजनक रहेको पनि जनाएको छ । अनुकूल मौसम, विद्युत आपूर्तिमा सुधार एवं सहज आपूर्तिका कारण आर्थिक गतिविधि सन्तोषजनक रहेको राष्ट्र बैंकको अर्धवार्षिक समिक्षा प्रतिवेदनमा उल्लेख गरिएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा