अर्थ / वाणिज्य

अध्याँरोका विरुद्ध लड्दा चुनौती सामना गर्नुपर्यो– उर्जामन्त्री

काठमाडौ, २४ बैशाख । उर्जामन्त्री जनाद्र्धन शर्माले अध्याँरो, भ्रष्टाचार र नाजायज प्रवृतिका विरुद्ध लड्नुपर्दा धेरै चुनौती सामाना गर्नुपरेको गुनासो गर्नुभएको छ ।

मन्त्रालयमा आज भएको मन्त्री शर्माले मुलुकमा व्याप्त अँध्यारो, भ्रष्टाचार र नाजायज प्रवृतिका विरुद्ध लड्दा आफु र आफ्नो टिमले ठुला ठुला चुनौतिको सामना गर्नुपरेको बताउनुभएको हो ।

उहाले ७ बर्ष भित्र १७ हजार मेघावट विद्युत् उत्पादन गर्ने, ६० लाख युवालाई जलविद्युत् आयोजनामा शेयर मार्फत जोडेर रोजगार बनाउने जस्ता कार्ययोजना पुरा गर्न चालिएका कदममा कमिसनमा बाँच्न बानि परकाहरुले अवरोध श्रृजना गर्ने प्रयास गरेको दाबी पनि गर्नुभयो । तर आफुले हिम्मत नहारेको र जनताले न्याय दिने विश्वास समेत व्यक्त गर्नुभयो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको विद्युत् बचत र विद्युत् प्रयोग वापत तिर्नुपर्ने शुल्क कम पर्ने भएकाले उपभोक्ता, प्राधिकरण र समग्र मुलुककै लागि पनि एलइडी बल्ब प्रयोग गर्नु उपयुक्त हुने बताउनुभयो ।

३५ लाख ग्राहकले १८ वाटको सिएफएल र ६० वाटको साधारण बल्ब बाल्दा पिक आवरमा ३८१ मेगावाटले लोड बढ्ने प्राधिकरणले जनाएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा