अर्थ / वाणिज्य

आइमइले राष्ट्र बैकबाट पायो मोबाइलबाट भुक्तानी गर्ने व्यवस्था

काठमाडौं, ८ असार । नेपाल राष्ट्र बैंकले आईएमई समूह अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी आईएमई डिजिटल सोलुसन लिमिटेडलाई भुक्तानी सेवा प्रदायकको कार्य गर्ने अनुमतिपत्र प्रदान गरेको छ ।

नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फस्र्यौट विनियमावली बमोजिम आईएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट कार्य गर्ने अनुमति प्राप्त गरेको हो । आईएमई डिजिटलले आईएमई पे ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ ।

यसको मदतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन् । आईएमई डिजिटलले आईएमई पे सेवालाई सञ्चालनमा ल्याउने जनाएको छ ।

यसबाट सेवाग्राहीलाई दर्ता गर्ने, मोबाइल मार्फत् तत्कालै पैसा पठाउने र प्राप्त गर्ने, बिलहरूको भुक्तानी गर्ने, रकम ट्रान्सफर गर्ने, विद्यालय र कलेजका शुल्कहरू भुक्तानी गर्न सहज हुनेछ ।

साथै अनलाइनभन्दा बाहिर रहेका रेस्टुरेन्टहरू, ग्रोसरी र डिपार्टमेन्ट स्टोरहरूका साथै साना–ठूला खुद्रा पसलहरूमा अफलाइन नै भुक्तानी गर्ने सम्मका विविध भुक्तानी सेवाहरू प्रदान गर्नेछ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा