अर्थ / वाणिज्य

आगामी आर्थिक वर्षको बजेट पारित

काठमाडौ, २६ असार । व्यवस्थापिका संसदको सोमबार बसेको दोस्रो बैठकले विनियोजन विधेयक–२०७४ पारित गरेको छ ।
अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्तुत गर्नु भएको विधेयक व्यवस्थापिका संसदको बहुमतले पारित गरेको हो ।
त्यसैगरी बैठकले आर्थिक विधेयक–२०७४ माथि विचार गरियोस् भनि अर्थमन्त्री कार्कीले प्रस्तुत गर्नु भएको प्रस्तावलाई स्विकृत पनि गरेको छ ।

सभामुख ओनसरी घर्तीले आर्थिक विधेयक – २०७४ माथि सैद्धान्तिक छलफल आगामी २९ गते गर्ने घोषणा पनि गर्नु भयो । व्यवस्थापिका संसदमा राष्ट्र ऋण उठाउने विधेयक २०७४ उपर विचार गरियोस् भन्ने अर्थमन्त्री कार्कीको प्रस्तावलाई सर्वसम्मतिले स्विकृत गरेको छ ।

त्यसअघि नेपाल मजदुर किसान पार्टीका सांसदहरु प्रेम सुवाल, अनुराधा थापामगर र डिल्ली प्रसाद काफ्लेले विभिन्न मन्त्रालयको शिर्षकको खर्च रकम घटाईयोस् भन्ने प्रस्तावलाई भने बैठकले अस्विकृत गरेको थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा