अर्थ / वाणिज्य

आगामी बजेट संघीय वित्तिय व्यवस्थाअनुरुप आउने

काठमाडौ, २३ फागुन । सरकारले आगामी आर्थिक बर्ष २०७३÷२०७४ को बजेट संघीय वित्तिय व्यवस्था अनुरुप नै ल्याउने भएको छ ।
सहसचिवको संयोजकत्वमा संघीय वित्तीय व्यवस्थाको मोडलबारे अर्थमन्त्रालयले गृहकार्य सुरु गरिसकेको छ । अर्थमन्त्रालयले आज मन्त्रालयमा गरेको चालु बजेट कार्यान्वयन तथा आगामी बजेट तर्जुमा बारेको समिक्षा गोष्ठीलाई सम्बोधन गर्दे अर्थमन्त्री कृष्णबहादुर महराले आगामी बजेट संघीय वित्तीय व्यवस्था मोडलमै ल्याईने बताउनुभएको हो ।
बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठले आयोगले जारी गरेको गाईडलाइन अनुसार मन्त्रालयहरुले लाईन मिनिष्ट्री बजेटरी इन्फरमेसन सिस्टममा योजना इन्ट्री नगरेको आरोप लगाउनुभयो । यसले मन्त्रालयको लापरवाही स्पष्ट देखाउनुका साथै योजना कार्यान्वयनका लागि अख्तियारी दिने विषयमा समस्या पर्ने उल्लेख गर्नुभयो ।
देशको आवश्यकता र संभावनालाई प्रयोग गर्दै दोहारो अंकको आर्थिक वृद्धिदर हाँसिल गर्नका लागि पूजीँगत खर्च तिर बढी जोड दिने गरि प्राथमिकता निर्धारण गर्नुपर्नेमा आफुहरुले जोड दिएको पनि उहाले स्पष्ट पार्नुभयो । उहाँले बजेट सिलिङ वृद्धिको एकोहोरो माग भन्दा पनि चौधौं योजनामा केन्द्रीत भएर कार्यक्रम पनि प्रस्तुत गर्न मन्त्रालयहरुको ध्यानाकर्षण गराउनुभयो ।
समिक्षा गोष्ठीमा अर्थसचिव शान्तराज सुवेदीले संघीय संरचनालाई सम्बोधन हुने किसिमले बजेट ल्याउनुपर्नेमा मन्त्रालय सचेत रहेको बताउनुभयो । कसैको अस्तित्व नै समाप्त हुने र कोही उचाईमा पुग्ने गरि नभई आवश्यकताको व्यवस्थापन सिमित साधनमा सम्पन्न हुने आश्वासन दिनुभयो ।
आगामी बजेटका लागि दिईएको सिलिङ अनुसार योजनाका लागि दिएको समय सकिएको भोलिपल्ट अर्थ मन्त्रालयले विभिन्न मन्त्रालयगत अधिकारी सहितको समिक्षा बैठक गरेको हो । बैठकमा सलिडङ सहितको गाईडलाईनमा अधिकांश मन्त्रालयले बजेट बढाउनुपर्ने सुझाव दिएपनि योजना पेश गरेका छैनन । सिलिङ दिएर योजना बुझाउन मन्त्रालयलाई २२ गते सम्म समय दिईएको थियो । बजेट समिक्षा बैठक तीन दिन सम्म चल्ने छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा