अर्थ / वाणिज्य

आयल निगमको बोनस बाँड्ने काम रोक्न संसदको निर्देशन

काठमाडौ, ३१ जेठ । संसदको उद्योग वाणिज्य तथा आपुर्ति समितिले नेपाल आयल निगममा बोनस बाँड्ने काम तत्काल स्थगित गर्न सरकारलाई निर्देशन दिएको छ ।

व्यवस्थापिका संसद अन्तरगतको आपूर्ति तथा उपभोक्ता हित उपसमितिको बुधबार बसेको बैठकले नेपाल आयल निगममा बोनस बाँड्ने काम तत्काल स्थगित गर्न अर्थ मन्त्रालयलाई पुनः सचेत गराएको हो ।

घाटाका गएका सार्वजनिक संस्थानहरुमा बोनस बाँडन नदिन सरकारलाई पुनः निर्देशन दिइएको उपसमितिका संयोजक सुवाषचन्द्र शाह ठकुरीले जानकारी दिनु भयो । नेपाल आयल निगमलाई बोनस बाँड्न रोक लगाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महालेखा परिक्षकको कार्यालयले पनि सरकारलाई निर्देशन दिईसकेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा