अर्थ / वाणिज्य

आर्थिक विकासका लागि सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिवद्धता

काठमाडौ, ३१ चैत । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवाणी राणाले मुलुकको आर्थिक विकासका लागि सरकारसँगै सहकार्य गरेर अघि बढने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
टेकूस्थित महासंघको कार्यालयमा पदभार ग्रहण गरेलगत्तै संचारकर्मीसँग कुरा गर्दै उहाँले मुलुकलाई समृद्धि बनाउने अभियानमा सरकारसँग सहकार्य गरेर अघि बढने प्रतिवद्धता जनाउनु भएको हो ।

महासंघको इतिहासमै पहिलो महिला अध्यक्ष बन्न सफल राणाले आफूलाई महासंघको नेतृत्वमा पुग्दा गर्वको अनुभूति भएको पनि प्रतिक्रिया दिनु भयो । वरिष्ठ उपाध्यक्ष स्वतहः अध्यक्ष हुने प्रावधान अनुसार राणा अध्यक्षमा चयन हुनु भएको हो ।

अध्यक्ष राणाले महासंघको मंगलबार सम्पन्न साधारण सभाबाट निर्वाचित वरिष्ठ उपाध्यक्ष शेखर गोल्छासहित नवनिर्वाचित कार्यसमितिका सदस्यहरु सामू आफूलाई अध्यक्ष बनाउन साथ र सहयोग गर्नुहुने सबैमा आभार पनि व्यक्त गर्नु भयो ।

अध्यक्ष राणाले विज्ञ समूह गठन गरी महासंघलाई नयाँ ढंगले अघि बढाउने संकल्प पनि गर्नु भएको छ । विज्ञ समूह गठन गरी महासंघलाई अझ सशक्त ढंगले अघि बढाउने प्रतिवद्धता जनाउनु भएको हो ।

अध्यक्ष राणाले युवा पलायनलाई रोक्न सात वटै प्रदेशमा युवाहरुलाई सीपयुक्त तालिम दिने गरी प्राविधिक शिक्षालय खोल्ने, नेपाल भारतबीच देखिएका व्यापार समस्या समाधानका लागि पहल गर्ने, आर्थिक समृद्धिको खाका तयार पार्न राजनीतिक दलहरुसँग अन्तरक्रिया गर्ने, स्वदेशी बस्तुको उत्पादनलाई विश्व बजारमा पु¥याउन पहल गर्ने बताउनुभयो ।

अध्यक्ष राणाले महासंघको निर्वाचनमा विजयी हुन नसक्नु भएकाहरुलाई पनि समेटेर अघि बढने प्रतिवद्धता पनि जनाउनु भयो । महासंघको हालै सम्पन्न साधारण सभाले राणालाई अध्यक्ष र गोल्छालाई वरिष्ठ उपाध्यक्षमा चयन गरेको थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा