अर्थ / वाणिज्य

इलाममा दोस्रो चरणको चिया उत्पादन शुरु

इलाम, ३ असार । चिया उत्पादनका लागि प्रसिद्ध रहेको इलाम जिल्लामा यो बर्षको दोस्रो चरणको चिया उत्पादन शूरु भएको छ ।

गतवर्ष हरियो पत्ति उत्पादन नहुदा इलामका चिया कारखानाहरु एक महिनासम्म बन्द भएका थिए । तर यो वर्ष भने दोस्रो यामको पत्ती १५ दिनको अन्तर मै उत्पादन भएको हो ।

अहिले इलाममा दोस्रो यामको चिया टिप्न भ्याई न भ्याई छ । जिल्लाका सबै साना कारखानाहरुले पनि दोस्रो पटकको चिया टिपाइको काम सुरु गरेका छन् । अरु समयको तुलनामा दोस्रो याममा उत्पादन हुने चियाको मुल्य अधिक हुन्छ ।

यस याममा चियाको मुल्य गुणस्तर अनुसार प्रतिकिलो २५ देखि ३५ रुपैया तोकिएको छ । आग्र्यानिक कारखानाले भने बर्षभरी नै एउटै दर कायम गर्ने भएको छ ।

आग्र्यानिक हरियो चिया औसत प्रतिकिलो ६० रुपैंयामा कारखानाले खरिद गर्छन । इलामको श्री अन्तु र आइतबारेमा रहेका टी कारखानामा दैनिक १६ हजार किलो हरियो पत्ती जम्मा भईरहेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा