अर्थ / वाणिज्य

पैचो पसलको नवौँ शाखा पाल्पामा शुरु

पाल्पा, २६ भदौ । ‘बसे पनि शहर गाँउकै खाने रहर’ भन्ने मुल नारासहित अढाई वर्षअघिदेखि गुल्मीबाट शुरु भएको पैचो पसलले पाल्पामा पनि आफ्नो सेवा संचालनमा ल्याएको छ ।

तानसेन नगरपालिकाका नगरप्रमुख अशोक कुमार शाहीले पैचोको शाखा शुभारम्भ गर्नुभएको छ । पैचो पसलमा हाते प्रविधि प्रयोगबाट बनेका अचार, चुक, दाल लगायतका खाद्य वस्तु सहित २७ प्रकारका खाद्य वस्तु उत्पादन रहेका छन् ।

पैचो पसलमा जुम्लाको सिमी, सबै प्रकारका तरकारी, मकैको आटो, स्थानीय उत्पादन अचार, टोमेटो केचअप, जुसहरु, फापरको पिठो, कोदोको पिठो, सिन्की मस्यौरा सहित लत्ताकपडा र खेलकुदका सामाग्री समेत राखएिको छ ।

किसानको उत्पादन बजारीकरण गदै विदेशीएका युवालाई स्वरोजगार गर्न पैचो पसल सफल भएको संचालकको दाबी रहेको छ । पैचो पसलको काठमाडौं, पोखरा, नेपालगन्ज, धनगढी, महेन्द्रनगर, नारायणगढ, हेटौंडा, भैरहवा—बुटवल शाखा रहेका छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा