अर्थ / वाणिज्य

उद्योग वाणिज्य महासंघले लगानी सम्मेलन आयोजना गर्ने

काठमाडौ, २२ असार । निजी क्षेत्रका उद्योगी÷व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले आगामी सेप्टेम्बरमा लगानी सम्मेलन आयोजना गर्ने भएको छ ।

महासंघकी अध्यक्ष भवानी राणाले वैदेशिक लगानी भित्र्याउने वातावरण निर्माणका लागि आगामी सेप्टेम्बरमा लगानी सम्मेलन गर्न लागिएको बताउनु भएको हो । उहाँले भारतका उद्योगी व्यवसायीहरुको समेत सहभागितामा आयोजना हुने सम्मेलनले नेपालमा वैदेशिक लगानी भित्र्याउन झनै सहज वातावरण बनाउने विश्वास पनि व्यक्त गर्नु भयो ।

सम्मेलनमा भारतीय वाणिज्य मन्त्री समेत सहभागी हुने नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ । उद्योग वाणिज्य महासंघ, सुर्खेतले विहिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राणाले स्थानीय तहका जनप्रतिनिधिहरुसँग सहकार्य गरेर आर्थिक गतिविधिलाई तीव्र बनाउने योजना पनि सुनाउनु भयो ।

उहाँले कृषि, पर्यटन, उर्जा र जुडिबुटी नेपालको समृद्धिको मुख्य आधार भएकाले सोही क्षेत्रको विकासका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा