अर्थ / वाणिज्य

उद्योग वाणिज्य संघको सम्मान कुलमानलाई

काठमाडौ, २८ चैत । नेपाल उद्योग वाणिज्य महासंघले कुलमान घिसिङलाई ‘पब्लिक सर्भिस ट्रेण्ड सेटर गोल्ड अवार्डबाट सम्मान गरेको छ ।

महासंघको ५१औं वार्षिक साधारणसभामा नेपाल विद्युत प्राकिरणका घिसिङ सार्वजनिक सेवामा सर्वोत्कृष्ट काम गरेको भन्दै सम्मानित भएका हुन् ।

देशमा ब्याप्त उर्जा संकटलाई पार लगाउने दिशामा महत्वपूर्ण काम गरी सार्वजनिक सेवामा काम गर्दा जनताको मनोभावनाअनुसार आफ्नो अधिकतम प्रयासबाट प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्नुपर्छ भन्ने ‘ट्रेण्ड सेट’ गरेको महासंघको ठहर छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा