अर्थ / वाणिज्य

एनसेलसँग २ महिनाभित्र पुँजीगत कर असुल्न लेखाले दियो सरकारलाई निर्देशन

काठमाडौ, २९ असार । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले २ महिना भित्र एनसेलको पूँजीगत लाभकर असुल गर्न सरकारलाई पुनः सचेत गराएको छ ।

समितिको विहिबार बसेको बैठकले एनसेलको पूँजीगत लाभकर असुल गर्न अर्थ मन्त्रालय आन्तरिक राजस्व विभागलाई २ महिनाको समयसीमा निर्धारण गरिदिएको हो । एनसेलले अझै करिव ३५ अरव पूँजीगत लाभकर सरकारलाई बुझाउन बाँकि छ ।

समितिका सभापति डोरप्रसाद उपाध्यायले एनसेलको पूँजीगत लाभकर उठाउन सरकारलाई पुनः निर्देशन दिनु परेको स्पष्ट पार्नु भयो । समितिले एनसेल कम्पनीको हालसम्मको सेयर खरिद विक्रीको सम्पूर्ण विवरण समितिमा बुझाउन पनि सरकारलाई निर्देशन दिएको छ ।

एनसेलको कर निर्धारण गर्ने निकाय, कर निर्धारण गर्नुपर्ने समय, निर्धारण गरेको कर असुल नगर्ने व्यक्तिको विवरण समेत पनि समितिमा पेश गर्न सरकारलाई निर्देशन दिइएको छ ।

समितिले सार्वजनिक खर्चमा मितव्ययिता, कार्यदक्षता र पारदर्शीता अपनाई पुँजीगत खर्च बढाउन पनि सरकारलाई पुन निर्देशन दिएको छ । बैठकमा बोल्दै आन्तरिक राजस्व विभागका सचिव शिशिरकुमार ढुंगानाले आयकर ऐनको व्यवस्था अनुसार कर असुलीको काम भइरहेको दावी गर्नु भयो ।

उहाँले कानुनी प्रक्रिया अनुसार अघि बढदा कर असुलीमा ढिलाई भएपनि अव त्यस काममा गति दिने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा