अर्थ / वाणिज्य

एशीयाली पूर्वाधार लगानी बैकले नेपालमा १ खर्ब लगानी गर्ने

काठमाडौ, ५ असार । एशीयाली पूर्वाधार लगानी बैंकले नेपालको पूर्वाधार विकासमा करिव १ खर्ब १४ अर्ब लगानी गर्ने भएको छ ।

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको पूर्वाधार विकासका लागि एशीयाली पूर्वाधार लगानी बैंकले खर्ब भन्दा बढि लगानी गर्ने सहमति गरेको जानकारी दिनु भएको हो ।

दक्षिण कोरियाको राजधानी सियोलमा आयोजित बैंकको बैठकमा भाग लिई स्वदेश फर्कनु भएका मन्त्री कार्कीले आज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै बैंकले यो वर्ष भित्रै तराईका ७ जिल्लाको पूर्वाधार विकासका लागि २८ अर्ब र काठमाडौं उपत्यकाको विद्युत सुधारका लागि १० अर्ब रकम उपलब्ध गराउने सहमति गरेको उल्लेख गर्नु भयो ।

बैंकले काठमाडौंको सामाकोसी–टोखा सडक स्तरोन्नतिका लागि २२ अर्ब, पोखरा–बेनी–जोमसोम सडक विस्तारका लागि १६ अर्ब, तामाकोसी तेस्रो विद्युत आयोजना निर्माणका लागि १८ अर्ब रकम उपलब्ध गराउँदै जाने समझदारी पनि गरेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा