अर्थ / वाणिज्य

कति खर्च हुँदैछ चुनावमा ?

काठमाडौ, २९ बैशाख । स्थानीय तह निर्वाचनको पहिलो चरण अन्र्तगत आगामी बैशाख ३१ गते प्रदेश नम्बर ३, ४, ६ का ३४ जिल्लामा चुनाव हुदै छ । बाकी ४ वटा प्रदेशमा आगामी जेठ ३१ गतेलाई चुनावको मिति तोकिएको छ । २० वर्षपछि हुन लागेको स्थानीय तहको चुनावमा सहभागी हुन मतदाता पनि उत्साहित छन् ।

चुनाव तयारी सम्बन्धी सबै कुरा बाहिर आएपनि निर्वाचन आयोगले पहिलो र दोस्रो चरणमा चुनाव गर्दा लाग्ने खर्चको कुल विवरण सार्वजनिक गरेको छैन । पहिलो चरणको चुनाव सकिएपछि मात्र चुनावको वास्तविक खर्च आउने निर्वाचन आयोगको भनाइ छ । सरकारले निर्वाचन आयोगलाई चुनावको लागि १० अर्ब रुपैया निकासा गरेको छ ।

सरकारले सुरक्षा व्यवस्था मिलाउन सुरक्षा निकायको लागि मात्र ७ अर्ब रुपैया“निकासा गरेको छ । चुनावको लागि खर्च हुने सेवा बाहेकका बस्तुको प्रयोगमा पनि आयातमा भर पर्नुपर्ने भएकाले चुनावी खर्च केही बढ्न सक्ने निर्वाचन आयोगको भनाई छ ।

आयोगले मतपत्रका लागि प्रयोग हुने कागज, मतपेटिका लगायतका सामाग्री पनि विदेशबाट आयात गरेको हो । यसअघि दुई पटक भएको संविधानसभा चुनावमा विभिन्न देशले आर्थिक सहयोग गरेपनि यसपटकको स्थानीय तहको चुनावमा भने नेपाल सरकारले आवश्यक सबै खर्च गर्नेछ । पहिलो चरणको निर्वाचनमा २ सय ८३ स्थानीय तहमा चुनाव हुदै छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा