अर्थ / वाणिज्य

कर फछर्यौट ऐन संसोधन गर्न सरकारलाई संसद्को निर्देशन

काठमाडौ, १ असार । संसद्को अर्थ समितिले कर फछर्यौट ऐन, २०३३ तत्काल संशोधन गर्न सरकारलाई निर्देशन दिएको छ ।
आज बसेको बैठकले कर फछर्यौट ऐन, २०३३ तत्काल संशोधन गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो ।

कर छली गर्नेहरु बढ्दै गएपछि समितिले त्यसलाई नियन्त्रण गर्न पनि तत्काल कर फछर्योैट ऐन, २०३३ संशोधन गर्न सरकारलाई पुनः सचेत गराएको हो ।

ऐन समय अनुकूल संशोधन गरेर कर छली हुन नदिन तत्काल कानुनी व्यवस्था गर्न सरकारलाई निर्देशन दिइएको समितिका सभापति प्रकाश ज्वालाले जानकारी दिनु भयो ।

अर्थ समितिले बक्यौता कर तत्काल असुल गर्न पनि अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागलाई सचेत पनि गराएको छ । बैठकमा बोल्दै समितिका सदस्यहरुले सरकारले करसम्बन्धि ऐनलाई समय अनुकुल संशोधन नगरेको भन्दैआपत्ति जनाएका थिए । उनीहरुले सरकार कर छली गर्नेहरुलाई कार्वाहीको दायरामा ल्याउन इच्छुक नदेखिएको आरोप समेत लगाएका छन ।

कर फछर्यौंट ऐन, २०३३ लाई समय अनुकूल संशोधन गर्न संसदीय समितिहरुले सरकारलाई पटक–पटक सचेत गराउँदै आएका छन ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा