अर्थ / वाणिज्य

काठमाडौमा राष्ट्रिय औद्योगिक मेला सुरु

काठमाडौ, १२ फागुन । अठ्ठाईसौं राष्ट्रिय औद्योगिक बस्तु तथा प्रविधि प्रर्दशनी मेला काठमाडौंको भृकुटी मण्डपमा सुरु भएको छ ।
हिमाल, पहाड र तराईमा रहेका साना तथा मझौंला उद्योगहरुले उत्पादन गरेका बस्तुहरुको बजारीकरण गर्ने उद्देश्यका साथ मेला आयोजना गरिएको हो ।
६ दिनसम्म चल्ने मेलाले नेपालका घरेलु, साना तथा मझौला उद्योगहरुले उत्पादन गरेका बस्तुहरुको प्रवद्र्धन र बजारीकरण गर्न सहयोग पुग्ने विश्वास लिइएको घरेलु तथा साना उद्योग विकास समितिका सह–कार्यकारी निर्देशक सुरेन्द्रकुमार थापामगरले जानकारी दिनु भयो । मेलामा ३ सय भन्दा बढि स्टल रहेको र ३ सय ५० जना भन्दा बढि साना तथा मझौला उद्यमीहरु सहभागी भएका छन ।
मेलामा स्थानीय बस्तुहरुको महत्वबारे जानकारी दिने व्यवस्था पनि गरिएको छ । मेलामा ३ लाख अवलोकनकर्ता सहभागी हुने र उनीहरुलाई स्थानीय स्तरमा उत्पादन हुने सामग्रीको महत्वका बारेमा जानकारी दिने पनि आयोजकले जनाएका छन । मेलामा नेपालको स्थानीय स्तरमा उत्पादन हुने ढाका कपडा, बाँस र बाँसका सामग्रीहरु, चिया, कफी, हाते कागज, खुकुरी, करुवा जस्ता सामग्रीहरु राखिएका छन ।
मेलाको उदघाटन गर्दै उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले साना, घरेलु तथा मझौला उद्योगको विकासले नेपाललाई समृद्धिको दिशामा अघि बढाउन सघाउ पु¥याउने विश्वास व्यक्त गर्नु भयो । उहाँले सरकारले साना उद्योगहरुको संरक्षणका लागि आवश्यक नीति लिने आश्वासन पनि दिनु भयो ।
स्वदेशी बस्तुको उत्पादनमा जोड दिइएको मेलामा करिव ५ करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा