अर्थ / वाणिज्य

काठमाडौमा वित्तिय सम्मेलन शुरु

काठमाडौ, २४ फागुन । नेपाललाई वित्तिय रुपमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ काठमाडौमा ग्लोबल एलाएन्स फर बैकिंङ अन् भ्यालूज सम्मेलन सुरु भएको छ ।
एनएमबी बैंकको संयोजनमा ग्लोबल एलायन्स फर बैंकिङ अन् भ्यालूज सम्मेलनको आयोजना गरिएको हो । तीन दिनसम्म चल्ने सम्मेलनमा युरोप, अमेरिका र एशीयाका वित्तिय संस्थाहरुका १ सय २० जना भन्दा बढि प्रमुखहरुको सहभागिता रहेको छ । वित्तिय संस्थाहरुलाई कसरी जनताको बीचमा स्थापित गराउने भन्ने विषयमा छलफल गर्न सम्मेलन आयोजना गरिएको हो ।
सम्मेलनको उदघाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले वित्तिय संस्थाहरुले जनताको जीवनस्तर उकास्न सहयोग गर्नुपर्नेमा जोड दिनु भयो । उहाँले नेपालले उदारीकरणको नीति लिएयता बैंक तथा वित्तिय संस्थाहरुको संख्यात्मक परिणाम बढदै गएको उल्लेख गर्नु भयो । प्रधानमन्त्री दाहालले वित्तिय संस्थाहरुलाई जनताको घरघरमा पुयाउने कामलाई सरकारले उच्च प्राथमिकता दिएको पनि स्पष्ट पार्नु भयो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले नेपालले वैदेशिक लगानी भित्र्याउने गरी बैंक तथा वित्तिय ऐनहरु परिमार्जन गर्दै लगेको बताउनु भयो । उहाँले जनतालाई सेवा दिने गरी वित्तिय कारोबार अघि बढाउन राष्ट्र बैंकले सबै वित्तिय निकायहरुलाई निर्देशित गरेको पनि स्मरण गराउनु भयो ।
सम्मेलनमा स्थानीय समुदायका मूल्य मान्यतामा आधारित बित्तिय कारोबार संचालन गर्ने विषयमा विज्ञहरुबीच आ–आफना अनुभव आदानप्रदान हुने उल्लेख गरिएको छ । नियमनकारी संस्था र मानव संशाधन विकास समूहबीच हुने छलफलले नेपाललाई पनि वित्तिय रुपमा आत्मनिर्भरताको बाटोमा अघि बढाउन सघाउन पु¥याउने विश्वास लिइएको एनएमबी बैकले जनाएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा