अर्थ / वाणिज्य

काठमाडौमा शुरु भयो पाकिस्तानी मेला

काठमाडौ, २८ भदौ । काठमाडौंमा बुधबारबाट ८ औं पाकिस्तानी मेला सुरु भएको छ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित ट्रेड सेन्टरमा पाकिस्तानमा निर्मित सामग्रीहरुको मेला सुरु भएको हो । मेलामा पाकिस्तानमा निर्मित छाला, हस्तकला, गरगहनालगायतका सामग्री राखिएका छन । एक हप्तासम्म चल्ने मेलामा पाकिस्तानका ५० भन्दा बढि प्रतिष्ठित व्यापारीहरुको स्टल राखिएको छ ।

मेलाको सुरुवात वाणिज्य मन्त्री मिनबहादुर विश्वकर्मा र नेपालका लागि पाकिस्तानका राजदुत मजहर जावेदले संयुक्त रुपमा गर्नु भएको थियो । सो अवसरमा बोल्दै मन्त्री विश्वकर्माले मेला दुवै मुलुकबीचको जनतासँगको सम्बन्ध विस्तार गर्न उपयोगी हुने विश्वास व्यक्त गर्नु भयो । उहाँले आर्थिक गतिविधिलाई बढवा दिएर दुवै मुलुकलाई समृद्धिको दिशामा अघि बढन पनि यस्ता मेलाहरु फलदायी हुने धारणा पनि राख्नु भयो ।

मन्त्री विश्वकर्माले पाकिस्तानमा निर्मित छालाका सामग्रीहरुले नेपाली बजार लिएको र नेपालका हस्तकलाका सामग्रीेहरुले पाकिस्तान प्रभाव जमाएको पनि सो अवसरमा स्मरण गराउनु भयो । पाकिस्तानले विगत केही वर्षयता नेपालमा आफ्नो उत्पादनहरुको मेला आयोजना गर्दै आएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

3 comments

  1. Very good post.Really thank you! Great.

  2. Im grateful for the blog.Much thanks again.

  3. Major thankies for the blog.Much thanks again. Awesome.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा