अर्थ / वाणिज्य

कास्कीमा जारी लेखनाथ महोत्सव आइतबार सकियो, ३ लाखले अवलोकन गरे

लेखनाथ, फागुन । कास्कीको ताल्चोकमा जारी १३ औं लेखनाथ महोत्सव आइतबारबाट सकिएको छ । ‘‘ महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संमृद्धि‘‘ भन्ने मुल नाराका साथ १३ औ पश्चिमाञ्चल क्षेत्रीय औद्योगिक ब्यापार मेला तथा लेखनाथ महोत्सव भएको थियो । महोत्सवको अन्तिम अवधिसम्म आईपुग्दा लक्ष्य अनुसारकै दर्शकले मेला अवलोकन गरेको जनाएको छ ।
महोत्सवमा स्थानीय, राष्ट्रिय तथा छिमेकी मुलुकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुका साथै कृषिजन्य तथा हस्तकलाका सामानहरुको व्यवसाय विस्तार एवं प्रबद्र्धनमा सहयोग पुगेको आयोजकले जनाएको छ । आन्तरिक एव्र वाह्य पर्यटक प्रवद्र्धन गर्ने , साहित्य , कला संस्कृतिको प्रचार प्रसार तथा बजारीकरण एवं दर्शकहरुको मनोरञ्जनका लागि महोत्सव सबल बनेको आयोजकको दाबी छ । महोत्सव अवधिभर ३ लाख भन्दा वढी दर्शकले महोत्सव अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।
माघ २७ गते देखि सञ्चालित महोत्सवमा कारोवारको परिमाण पनि बढ्दै गएको र व्यापारिक स्टलहरुमा पनि सन्तोषजनक व्यापार भएको छ ।
लाखौं दर्शकले अवलोकन गरेपनि महोत्सवमा शान्ति सुब्यवस्था भने राम्रो बनेको प्रहरीले जनाएको छ ।
महोत्सवले सोचे अनुरुप सफलता तथा आर्थिक कारोबार गरेको आयोजकले जनाएका छन ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा